समाचार

एयरपोर्टमा थप दुई सय सीसी क्यामरा जडान हुदै



काठमाडौँ, १ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई सय वटा सीसी क्यामरा जडान गरिने भएको छ ।

यात्रुको लगेज सुरक्षादेखि अपराधिक कृयाकलाप नियन्त्रणका लागि उक्त संख्याका सीसी क्यामरा जडान गर्न लागिएको विमानस्थलले जनाएको छ ।

विमानस्थलका अनुसार साउनदेखि भदौसम्ममा विमानस्थलमा व्यागेज सम्वन्धि आएका ५५ वटा समस्या मध्ये ४९ वटा समाधान भएका छन् ।सुरक्षासँगै नेपाल भ्रमण वर्ष २०२० लक्षित विमानस्थलको पूर्वाधार विस्तारको काम अगाडि बढाइसकिएको विमानस्थलले जनाएको छ ।