काठमाडौँ, १ असोज । राजनीतिक पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौँसम्म काम नगर्ने ठेकेदार कम्पनीको संख्या सयौं भए पनि कालो सूचीमा पाँच दर्जनलाई मात्र राखिएको छ ।
कानुनअनुसार समयमा काम नगर्ने ठेकेदार कम्पनी सप्लायर्सलाई कालो सूचीमा राख्ने जिम्मेवारी सार्वजनिक खरिद अनुगमन कार्यालयको हो । मुलुकभरका अधिकांश आयोजना समयमा काम नभएर अलपत्र अवस्थामा छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष गरेको अनुसन्धानले पनि एक हजार ८ सय ४८ आयोजना लथालिंग अवस्थामा भएको देखाएको थियो । तर अहिलेसम्म जम्मा ५८ ठेकेदारलाई मात्र कालो सूचीमा राखिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्