कपिलवस्तु, १ असोज । सभामुख कृष्णबहादुर महराले नेपालमा विगतको लामो निरंकुश शासनको अन्त्य गर्दै जनताको बलिदानबाट प्राप्त लोकतान्त्रीक गणतन्त्र स्थापनासँगै ल्याएको संघियता कुनै देशको नक्कल गर्नुभन्दा आफ्नै मौलिकता र विशेषतामा ल्याइएको बताउनुभएको छ ।
कपिलवस्तु बहुमुखी क्याम्पसको ३९औँ स्थापना दिवस एवं शालिक अनावरण कार्यक्रममा मंगलबार संबोधन गर्दै सभामुख महराले हरेक गतिविधि सञ्चालनमा संविधानको मर्मअनुसार अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै संघ, प्रदेश र स्थानीय तहमा उत्पन्न हुनसक्ने विमतिलाई सोहीअनुरूप हल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘नीतिगत रूपमा केन्द्रीय सरकार जवाफदेही हुने, योजनागत पक्षमा बढी प्रदेश सरकार केन्द्रित हुने र कार्यक्रम कार्यान्वयनमा स्थानीय तह केन्द्रित हुने भन्ने ‘स्पिरिट’मा संविधान निर्माण भएको हो, कुनै देशको नक्कल गर्नुभन्दा आफ्नै मौलिकता र विशेषतामा संघीयता ल्याएका हौँ, संविधानको मर्म पनि त्यही हो ।’
जनतामा देखिएका निराशालाई उचित संवोधनका लागि उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने धारणा राख्दै सभामुख महराले नेपालका सबै पार्टी आन्तरिक समस्यामा फस्दा जनतामा निराशा छाएको बताउनुभयो । उहाँले जनताले दिएको म्यान्डेटलाई राजनीतिक दलले आत्मसात नगर्दा परिस्थिति प्रतिकूल बन्न पुगेको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्