काठमाडौँ, १ असोज । राष्ट्रियसभाले भूमि सम्बन्धी (आठौ संशोधन) विधेयक २०७५ बहुमतले पारित गरेको छ ।
मंगलबारको राष्ट्रियसभामा बसेको बैठकले भूमि सम्बन्धी आठौ संशोधन विधेयक २०७५ लाई संशोधनसहित बहुमतले पारित गरेको हो । यसअघि विधायन समितिको प्रतिवेदनको १ देखि १३ सम्मका संशोधित बुँदाहरु बहुमतबाट स्वीकृत भएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने विधेयकमा उल्लेखित हदबन्दी भन्दा बढीको जग्गा र सार्वजनिक प्रकृतिको जग्गा प्रयोग सम्बन्धी व्यवस्थामा असहमति जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्