राजनीति

मुलुकको समृद्धिका लागि बाह्य लगानी भित्र्याउने कामलाई उच्च प्राथमिकता : मन्त्री ज्ञवाली



काठमाडौँ, १ असोज । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकको विकास र समृद्धिका लागि सरकारले बाह्य लगानी भित्र्याउने कामलाई उच्च प्राथमिकता दिई अघि बढेको बताउनुभएको छ ।

पूर्व सांसद मञ्च, नेपालले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले मन्त्री ज्ञवालीले विश्व शान्ति, न्याय र समृद्धि नेपालले चाहेकाले सोही अनुसारको अन्तर्राष्ट्रिय सम्बन्धको विकासमा जोड दिइएको बताउनुभयो ।

भारत र चीन दुवै छिमेकसँगको सम्बन्धलाई अझै सुदृढ बनाइएको दावी गर्दै मन्त्री ज्ञवालीले सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सम्बन्धलाई अघि बढाएको बताउनुभयो । मन्त्री ज्ञवालीले मुलुकको सार्वभौमिकताको रक्षा, राष्ट्रिय हित र सबै राष्ट्रसँग मित्रतापूर्ण सम्बन्ध राखेर अघि बढने मुलुकको परराष्ट्र नीति रहेको जानकारी गराउभुयो ।

वर्तमान सरकारले मूलुकको विकास र समृद्धिको यात्रालाई तिव्र गतिका साथ अघि बढाएको बताउँदै उहाँले विकासबाट आत्तीएका केही प्रतिगामी तत्वहरुले देश र जनताको विरुद्धमा उच्छ्रीङ्खल गतिविधि गरिरहेकाले सरकाले अब त्यस्ता गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउने समेत बताउनुभयो ।