एजेन्सी, १ असोज । भारतको कर्नाटकमा विमान दुर्घटना भएको छ ।
आज (मंगलबार) बिहान भारतीय रक्षा अनुसन्धान एवम् विकास संगठन डिआरडिओको एउटा मानवरहित लडाकू विमान दुर्घटनाग्रस्त भएको हो ।
उक्त विमानको नाम ‘अनम्यान्ड एरियल भेहिकल’ हो । सोही विमान परीक्षण उडानका क्रममा दुर्घटनाग्रस्त भएको गृह मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतिय सञ्चारमाध्यमका अनुसार विमानको च्यालकेरे एरोना टिकल टेस्ट रेन्जमा आउटडोर परीक्षण गरिएको थियो ।
उक्त दुर्घटनाका विषय थप अनुसन्धान भइरहेको डिआरडिओले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्