समाचार

आज पनि दिनभर पानी पर्ने : सर्तक रहन आग्रह



काठमाडौँ, १ असोज । बुधबार पनि दिनभर पानी पर्ने मौसमविदले बताएका छन् । काठमाडौं उपत्यकामा बुधबार पनि दिनभर बादल लाग्ने र पानी पर्ने पूर्वानुमान छ ।

काठमाडौं भ्यालीमा आज पनि घाम लाग्ने सम्भावना नभएको साथै दिनभरी नै पानी पर्ने मौसम वद्ले जनाएका छन् । कुनै ठाउँमा केही क्षण रोकिए पनि एकछिनपछि फेरि पानी पर्ने बताइएको छ ।

बुधबार देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने छ । कतैकतै भारी वर्षाको पनि सम्भावना रहेकाले पहिरो जान सक्ने, नदीहरुमा पानीको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदे सुझाव दिएका छन् । बिहीबारदेखि भने मौसममा क्रमिक सुधार आउने बताइएको छ ।