काठमाडौँ, १ असोज । नेपाल एयरलाइन्सले ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
नेपाल एयरलाइन्सले आजैबाट लागू हुने गरी ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो योजना सार्वजनिकको क्रममा ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय सार्वजनिक गरेका थिए ।
मन्त्री भट्टराईका सो निर्णयको कार्यान्वयनको शुरुवात सरकारी स्वामित्वको कम्पनीबाटै गर्ने उद्देश्यअनुसार उक्त निर्णय भएको हो ।










प्रतिक्रिया दिनुहोस्