राजनीति

मलेसिया जाने कामदारको मेडिकल शुल्क बढ्यो



काठमाडौँ, १ असोज । मलेसियामा जाने कामदारको मेडिकल शुल्क बढेको छ ।

मेडिकलको सबै शुल्क भने मलेसियाली रोजगारदाता कम्पनीले नै बेहोर्ने भनिएको छ । नेपालबाट मलेसिया जाने कामदारको मेडिकल परीक्षणबात अब ७ हजार ६६४ रुपैयाँ तिर्नुपर्नेछ । यसमा स्वास्थ्य परीक्षण शुल्क ४ हजार ५ सय छ भने मेडिकल प्रोसेसिङ चार्ज २ हजार ८ सय रुपैयाँ तोकिएको छ । नेपालस्थित मलेसियन दूतावासले यसमा मेडिकल प्रोसेसिङ चार्जमा १३ प्रतिशत भ्याटबात ३६४ रुपैयाँ थप हुनेछ ।