विराटनगर, २ असोज । प्रदेश १ का २५ स्थानमा संविधान दिवसको अवसरमा राष्ट्रिय झण्डा फहराइने भएको छ ।
प्रदेश सरकारले पहिलो दिन बिहीबार प्रदेश १ का विभिन्न २५ स्थानमा राष्ट्रिय भण्डा राख्ने साथै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थलमा राष्ट्रिय झण्डा राखीने जनाएको छ । प्रदेश १ का जिल्लाका सदरमुकाम र मुख्य बजारहरु गरी २५ स्थानमा राष्ट्रिय झण्डा राखिने छ । बिहीबार नै सरकारी कार्यालय तथा सार्वजनिक स्थान सरसफाइ र साँझ दिपावली गरिने छ ।
त्यस्तै संविधान दिवसको दिन शुक्रबार बिहान आदर्श स्कुलबाट प्रभातफेरि निकालिने छ । प्रभातफेरि बजार परिक्रम गरी शहीद रंगशालामा पुगेर सभामा परिणत हुनेछ । झाकी प्रदर्शन गर्ने प्रथम समूहलाई नगद तीस हजार, द्धितीयलाई २० र तृतीयलाई १० हजार र दुईवटा समूहलाई पाँच हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिने छ ।
शनिबार पनि सरसफाइ गर्ने कार्य तालिका तयार भएको छ । प्रदेश सरकारले तीन दिनसम्म घरघरमा दिपावली गर्न सर्वसाधारणलाई अपील समेत गरेको छ ।










प्रतिक्रिया दिनुहोस्