काठमाडौँ, २ असोज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सरकारले दोषीलाई कसैलाई नछोड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री ढकालले भदौ २६ गते नेपाली कांग्रेसका जागरण अभियानमा बाँकेको खजुरा घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल कांग्रेसको जागरण अभियानमा भएको आक्रमणमा संलग्नलाई कारवाही नगरेसम्म संसद चल्न नदिने बताएपछि यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘गृहमन्त्रीले पनि यसबारेमा बोलिसकेको अवस्था छ । छानविन भइरहेकाले कानुनी विधि अनुसार सरकारले दोषी कसैलाई पनि छाड्दैन ।’










प्रतिक्रिया दिनुहोस्