समाचार

टेलिकमद्वारा संविधान दिवसको उपलक्षयमा बिशेष अफर



काठमाडौँ, २ असोज । नेपाल टेलिकमले संविधान दिवसको उपलक्षयमा ग्राहकका लागी बिशेष अफर ल्याएको छ ।

टेलिकमले असोज ३ गते मनाइने संविधान दिवसका असवरमा १ सय रुपैयाँमा ३ जिबी डाटा प्याक अफर ल्याएको हो । एनटिसी प्रयोगकर्ताले उक्त अफर असोज १ देखि लागू भई १५ गतेसम्म प्रयोग गर्न पाइने टेलिकमले जनाएको छ । यसमा हरेक दिन १ जिबी लिन पाइने छ र त्यो ३ दिनसम्म प्रयोग गर्न पाइने छ ।