सम्पादकीय

ग्राण्डीमा नवजात शिशुकाे ५ पटकसम्म अप्रेसन गरियाे, ३५ लाख खर्च



केहि महिना अघिदेखि सञ्जिव न्यौपानेका परिवार पीडामा छन् । न्यौपानेको परिवारलाई न खाननै मन लाग्छ, न राम्रोसँग सुत्न नै मन लाग्छ । त्यसोत अर्कोतिर पैसाको खोलो पनि त्यसैत्यसै बगिरहेको छ । जिन्दगीमा खुशीको पल पर्खेर बसेका न्यौपाने दम्पतीलाई अहिले यस्तो घटनाले पिरोल्छ भन्ने सायदै सोचेका थिएनन । घरमा नयाँ सदस्य आगमनको पर्खाईमा बसेका न्यौपाने परिवारमा नयाँ सदस्य त आगमन भयो तर जीवनमरणको दोसाँधमा बच्चा जन्मियो ।

न्यौपानेले यसरी सुनाए, ‘श्रीमतीको पेटमा बच्चा थियो । धापासीको ग्राण्डी इन्टरनेशनल अस्पतालमा रेगुलर फलोअपमा गयौं । श्रीमतीलाई थाइराइडको समस्या थियो। सबै चेकअप गराएपछि बच्चा राम्रो छ । वजन पनि राम्रो छ । डाक्टरले नर्मल बच्चा पाउन गाह्रो हुन्छ, फेरि जति ढिला भयो त्यति समस्या आउन सक्छ, बरु अहिले नै बच्चा निकालौं भन्नुभयो बच्चा जन्मिएको करिब आधा घण्टापछि चाँडो चाँडो श्वास फर्ने समस्या भयो भने ।’ ‘बच्चाको सास सामान्य भएन। भेन्टिलेटरमा राखौं भने । भेन्टिलेटरमा राखिएपछि निमोनिया भयो भन्ने कुरा आयो । क्लेबसियला ब्याक्टेरियाको संक्रमण भनेर एन्टिबायोटिक दिइयो । मस्तिष्कमा गडबडी भएको भन्दै काँप्ने वा थर्थराउने थाल्यो अब ढाडको पानी चेक गर्नुपर्छ भने ।

बच्चाको ढाडमा सुई रोपेर पानी निकालिएपछि थाहा भयो बच्चाको मस्तिष्कमा संक्रमण भएको रहेछ । बच्चा जन्मिएको ४० औं दिन बच्चाको सबै ठीक छ भने । अब सात दिनको औषधी खानुपर्छ भने ।’ २६ दिन एमाआरआई गर्नुपर्छ भनेका थिए तर ४० दिन लगाए । त्यतिन्जेल एनआइसियूमा राखियो । बच्चाको पाँच पटकसम्म अप्रेसन गरियो । पाचौं अप्रेसनसम्म डाक्टरहरुले केहि सोधेनन् । जस्तै अप्रपेशन गरेर काम हुन्छ कि हुँदैन भन्ने पनि सोधेनन् । डाक्टरले लापरवाही गरेको पनि स्वीकार्दैनन् । उपचारको लागि करिब ३५ लाख खर्च भयो । इन्डियाबाट औषधी पनि ल्याएका थियौं । त्यो औषधीमा ७, ८ लाख खर्च भयो । थेरापी तीन महिना गरियो ।’ यो समाचार नागरिक दैनिकमा छ ।