समाचार

बाँकेका सयौँ घर डुबानमा



बाँके, २ असोज । बाढीका कारण बाँकेका सयौँ घर डुबानमा परेका छन् ।

बाढीले खजुरा गाउँपालिका, जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिका बढी प्रभावित भएको छ । खजुरा गाउँपालिकामा मानखोला र जेठी नालामा आएको बाढीका कारण दशविगाह, आठ विगाह र सिन्दुरे गाउँ डुबानमा परेको जिल्ला प्रशासन कार्यालय बाँकले जनाएको छ । डुबानका कारण ६४ घरपरिवारका २५३ जना जनसेवा माविमा आश्रय लिएर बसिरहेका छन् ।

बिहिबार बिहानदेखि नेपालगञ्ज र अन्य क्षेत्रमा पानीको सतह घट्न थालेको छ । वर्षाका कारण नेपालगञ्ज विमानस्थलबाट पहाडी तथा हिमाली जिल्लामा हुने उडान प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालय, रेडक्रस र पलिकाहरुले विस्थापित बाढी प्रभावितलाई खानेकुराको व्यवस्था मिलाएका छन् ।