Banner News

राष्ट्रपति भण्डारीद्वारा संविधान दिवसको शुभकामना



काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिइरहेको उल्लेख गर्नुभएको छ ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले संविधाननले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभएको छ । उहाँले जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आम नागरिक क्रियाशील हुनु सामयिक आवश्यकता भएको बताउनुभएको छ । जारी सन्देशमा भनिएको छ, ‘नेपालको संविधानले संघीय लोकतन्त्रिक गणतन्त्रलाई आत्सात गर्दै प्रेस स्वतन्त्रता, समावेशी लोकतन्त्रलाई प्रत्यभुत गरेको छ ।’

संविधान दिवसले ‘समृद्ध नेपाली, खुसी नेपाली’को राष्ट्रिय संकल्प हासिल गर्न मन, बचन र कर्मले समर्पित हुन थप प्रेरणा प्रप्त हुने उहाँको विश्वस छ । संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न आफ्नोतर्फबाट इमान्दार र प्रभावकारी प्रयास गर्न आग्रह समेत गर्नुभएको छ ।