काठमाडौँ, ३ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेता तथा नेकपा संघीय संसदको उपेनता सुवास नेम्वाङले रोष्टमबाटै व्यंग्यात्मक जवाफ दिँदै बिगतमा कांग्रेसबाट आफूहरु दमनमा परेको स्मरण गराएका छन् ।
संघीय संसदको अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिनिधिसभाको बैठकमा नेता नेम्वाङले कांग्रेससँग आफूहरुले प्रतिपक्षको हैसियतले लामो समय सहकार्य गरेको भन्दै बिगतमा आफूहरुले भोगेजस्तो अवस्था अहिलेको प्रतिपक्षमाथि आउन नदिने बताए । उनले भने, ‘हामीलाई त्यो बेलाका भोगाई झल्झली सम्झनामा छन् । सत्तापक्षले चिन्न सजिलो होस् भनेर दौरा सुरुवाल टोपी लाएर जनतासँग भेट्न जाँदै गर्दा सिंहदरबारको गेटमा चेप्टिने गरी धुमधाम कुटाइ खाएको पनि झल्झली सम्झना छ ।
हामीले ती घटनाबाट सिकेको छौं, हाम्रो पालामा त्यस्तो हुन दिँदैनौं ।, ‘मैले कतैतिर टिप्पणी गरेको होइन । हिजो कसले कहिले के गर्नुभयो भन्नेतिर म जान खोजेको होइन । हाम्रा हिजोका पृष्ठभूमि पनि थाहा छ । तर प्रतिपक्षका रुपमा हामीले भोगेका सम्पूर्ण भोगाइहरु हामीलाई झल्झली सम्झना छ ।’










प्रतिक्रिया दिनुहोस्