एजेन्सी, ३ असोज । अफ्रिकी मुलुक लाइबेरियाको एक विद्यालयमा आगलागी हुँदा कम्तीमा २३ बालबालिकाको मृत्यु भएको छ ।
बुधबार लाइबेरियाको राजधानी मोन्रोभियाबाटनजिकै रहेको विद्यालयमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।
आगलागी के-कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको त्यहाँका अधिकारीहरुले बताएका छन् । घटनामा अरु बालबालिकाको पनि ज्यान गएको आशंकामा खोजी भइरहेको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्