Banner News

प्रधानमन्त्रीको चिन्ताः समाजसँग संस्कार अनुभव साटासाट गर्न चुकिरहेको पुस्तासंग



काठमाडौं, असोज ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताउनुभएको छ ।

पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका क्रममा कुनै अप्ठ्यारो आइलागे क्रमशः पन्छाउँदै परिमार्जन गर्न सकिने पनि दोहो¥याउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो लोकतन्त्र फराकिलो छ, कतिपय अतिवादी सोच र संस्थालाई पनि यसले यसै अवधिमा मूल धारमा फर्काउन सफल भएको छ । जो अझै बाटो भुलिरहेका छन्, उनीहरुलाई पनि मूल धारमा आउन ढिला नगर्न मेरो आग्रह छ

प्रधानमन्त्री ओलीले सम्बोधनमा आफ्नो कार्यकालको हालसम्मको अवधिमा भएका आर्थिक विकास र उपलब्धिका बारेमा पनि विस्तृतमा उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा समय व्यतित गर्ने फुर्सदिला युवाहरुको भविश्यमाथि आफूलाई चिन्ता लागेको बताउनु भएको छ । उहाँले केही फुर्सदिलो युवा पंक्तिले रचनात्मक सिर्जनामा भन्दा बढी सामाजिक सञ्जालमा विनामुद्दाका विषयवस्तुमा हुने परिणामहीन बहसमा समय व्यतीत गरिरहेको तथ्य पनि राख्नुभयो ।

‘युवा पंक्ति छिप्पिनु अघि विकासको तीब्र गतिको दौड पूरा गर्नुछ, मलाई गर्व ती युवा पंक्तिप्रति छ, जसले विभिन्न इनोभेटिभ प्रयासहरु थालेका छन, कतिले वस्तु उत्पादनबाट, कतिले सेवा सिर्जना गरेर समाजलाई गुन लगाइरहेका छन,’ प्रधानमन्त्रीओलीले भन्नुभयो । ‘मलाई थोरै चिन्ता केही फुर्सदिला युवा पंक्तिको पनि छ, जसको ऊर्जा रचनात्मक सिर्जनामा भन्दा बढी सामाजिक सञ्जालमा विनामुद्दाका विषयवस्तुमा हुने परिणामहीन बहसमा व्यतीत भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले संस्कारहीन समाज निर्माणको बाटो नलिन पनि सुझाउनु भयो । ‘मलाई चिन्ता एउटा हुर्किएको पुस्ताको पनि छ, जो समाजसँग संस्कार र सकारात्मक अनुभव साटासाट गर्न चुकिरहेको छ । ‘क्रिटिकल अप्रोच’को नाममा सार्वजनिक प्लेटफर्मबाटै प्रवाहित उनीहरुका अभिव्यक्ति घृणा, द्वेष, अशिष्टता र परपीडनको भाषा बोल्न सिङ्गो समाजलाई प्रेरित गरिरहेको होकी जस्तो भान हुन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले उश्रृङ्खलता र अराजकता नभई सामाजिक सद्भाव, आपसी एकता र सहिष्णुता आवश्यक रहेको भन्दै त्यसतर्फ सिंगो नेपाली समाज लाग्नुपर्ने बताउनु भयो ।

‘पाइला नै नचलाई कसरी दौडने रु यथास्थितिमा रहेर परिवर्तनको अनुभूति कसरी दिनेरु रुपान्तरण हैन, प्रतिक्रिया, परिणामसँग साइनो नै नहुने प्रक्रियामा किन र कति अल्झिरहनु रु विना–मुद्दाका विषयमा मूल मुद्दा जस्तो बहसरविवादको माहौल किन बनाउने रु अझै पनि ‘हुँदैनरसकियो’ जस्ता असन्तुष्टिको खेतीलाई उकेरा किन लगाउनेरु’ प्रधानमन्त्री ओलीको भनाई थियो । मुलुकमा अहिले ३४ वर्ष मुनिको जनसंख्या ६५।५ प्रतिशत रहेको उल्लेख गर्दै उहाँले नेपाल जनसांख्यिक लाभको अवस्थामा रहेको तथ्य पनि राख्नुभयो । राष्ट्रपति बिद्यादेवी भण्डारीको समुपस्थितिमा भएको सो कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा भएको कामका विवरण समेत राख्नुभयो ।