काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई देश बनाउने अवसरमा सहभागी बन्न आग्रह गरेका छन ।
आज संविधान दिवस मुल समारोह समितिले काठमाडौँको टुडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले थोरै चिन्ता फुर्सदिलो युवापंक्तिमा भएको बताए ।
उनले भने, ‘मलाई थोरै चिन्ता फुर्सदिलो युवा पंक्तिमा छ, जसको ऊर्जा रचनात्मक काममा भन्दा सामाजिक सञ्जालमा खर्च भइरहको छ,’ ‘युवाहरुलाई देश बनाउने अवसरमा सहभागी बन्न म आग्रह गर्छु ।’
प्रधानमन्त्री ओलीले अग्रगतिका लागि तगारो बनेपछि मात्रै संविधान संशोधन हुने बताउदै उनले भने, संविधानको कुन धारा, दफा वा भागमा के कति अधिकार रहृयो वा रहेन जस्ता विषय अल्झिने भन्दा जुन बेला जे मिल्दैन जुन अग्रगतिका लागि तगारो बन्छ त्यसलाई त्यही बेला बिधिसम्मत ढङ्गले मिलाउँदै सच्याउँदै अगाडि बढ्न सकिन्छ ।’
संविधानप्रति असन्तुष्टि राख्ने र संविधानभन्दा बाहिर रहेकाहरुलाई राजनीतिक मुलधारमा आउन ढिला नगर्न आग्रह गर्दै उनले भने, ‘राजनीतिक आन्दोलनको चरण पुरा भएको छ । अब पनि राजनीतिको नाममा शान्तिसुरक्षा र एकता खल्बल्याउने काम भए सरकारले त्यसलाई रोक्छ,’ ‘लोकतान्त्रिक प्रणाली सुदृढ भएमात्रै जनता सुखी हुन्छन् ।’










प्रतिक्रिया दिनुहोस्