Banner News

भ्रमण वर्षमा ट्रम्प र सी बोलाउन हिच्किचाउनु पर्दैन : मन्त्री भट्टराई



काठमाडौँ, ३ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विश्वका महत्त्वपूर्ण व्यक्तिहरूलाई निम्तो दिन हिच्किचाउन नपर्ने बताएका छन् ।

मन्त्रालयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट पत्रकार संगठनका अगुवा र नेकपा बिट हेर्ने पत्रकारहरूसँगको अनौपचारिक संवादमा मन्त्री भट्टराईले भ्रमण वर्ष–२०२०को उद्घाटनमा नेपालमा कार्यरत अन्तर्राष्ट्रिय मिसनका विदेशस्थित मुख्यालय–कार्यालयमा पनि भ्रमण वर्षको उद्घाटन हुने बताएका छन ।

उनले भने, ‘हामीभित्र कस्तो हीनताबोध रहेछ १ भ्रमण वर्ष–२०२०को उद्घाटनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्म, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाउनुपर्छ भन्दासमेत विरोध भयो । तर, हामी ट्रम्पमात्र होइन, चिनियाँ राष्ट्रपति सी जिन पिङलाईसमेत आमन्त्रण गर्छौं । नेपालमा कार्यरत अन्तर्राष्ट्रिय मिसनका विदेशस्थित मुख्यालय–कार्यालयमा पनि भ्रमण वर्षको उद्घाटन हुनेछन् । ती देशका प्रमुखहरूले त्यहाँ उद्घाटन गरिदिनुभयो भने त्यसले कस्तो सन्देश प्रवाह गर्छ ?, आउने नआउने उहाँहरूको कुरा हो तर बोलाउँदैमा के फरक पर्छ रु हामी डोनाल्ड ट्रम्पलाई बोलाउनै नसक्ने हैसियतमा छौं र ?’

मन्त्री भट्टराईले भ्रमण वर्षको घनिभूत तयारी भइरहेको बताउदै उनले मन्त्रालय ६ महिना मन्त्रीविहीन हुँदा भ्रमण वर्षको वेबसाइटसमेत बन्न नसकेको र आफूले पद सम्हालेयता दिनहुँजसो कामको ब्रिफिङ र तीनपटकभन्दा बढी सचिवालयको मिटिङ बसिसकेको बताएको छ ।

उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको योजनाको पनि विरोध भइरहेकोमा चिन्ता व्यक्त गर्दै भने, ‘२५ लाख रूख काटिन्छ भन्दै विरोध भइरहेको छ । कुन उद्देश्यले विरोध भइरहेको छ हामीले बुझेका छौं । सरकारले बुझेको छ । दुई नम्बर प्रदेश त लाभान्वित हुन्छ नै, नेपालकै सन्दर्भमा गेम चेञ्जर परियोजना हो । यसको विकल्प पनि छैन । रूख काट्ने होइन विमानस्थल बनाउने हो ।’

दस लाख मानिस एकैपटक परिचालन हुँदा के हुन्छ ?  उनले विरोध गर्न छाडेर मानिस जुटाउन लाग्नुपर्ने बताए ।