काठमाडौँ, ४ असोज । सरकारले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा बढीभन्दा बढी विशेदी पर्यटक भित्र्याउन हवाई भाडा समायोजन गर्न गृहकार्य थालेपछि निजी हवाईसेवा कम्पनी सञ्चालक त्रसित बनेका छन् ।
भाडा समायोजनका नाममा स्वदेशी तथा विदेशी यात्रुलाई समान भाडादर कायम गरिँदा निजी हवाईसेवा कम्पनी धराशयी हुने सञ्चालकहरुको चिन्ता बढ्दै गएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हवाई भाडा समायोजनका लागि सुझाव पेश गर्न पूर्वसचिव सुरशेमान श्रेष्ठको अध्यक्षतामा विशेष समिति गठन गरेका छन् । विदेशी नागरिकलाई नेपालीसरह भाडा समायोजनका लागि सुझाव पेश गर्न गठित समितिलाई एक महिनाको समय दिइएको छ । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।










प्रतिक्रिया दिनुहोस्