काठमाडौँ, ४ असोज । शनिबार बिहान ६ बजेर १९ मिनेटमा चार रेक्टर स्केलको भूकम्प गोरखा केन्द्रबिन्दु भएर गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्