काठमाडौँ, ५ असोज । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट गर्न आवश्यक रहेको बताएका छन ।
ललितपुरमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको २६ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री पण्डितले कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट गर्दा एकरुपता हुने बताए । उनले भने, ‘एकद्वारा प्रणालीबाट तालीम दिँदा तालीममा दोहोरोपना हुँदैन, त्यसैले अब खरिदारदेखि सहसचिवसम्म एकद्वार प्रणालीबाट क्षमता विकाससम्बन्धी तालीम दिने तयारीमा रहेका छौँ ।’
उनले लोकसेवा पास गरेर मात्र कर्मचारी सेवा प्रवाहमा पूर्ण दक्ष नहुने भन्दै तालीमप्रदायक संस्थाले तालीम दिएमात्र कर्मचारी राष्ट्र र जनताप्रति पूर्ण समर्पित हुने बताउदै उनले प्रतिष्ठानले जनप्रतिनिधि र कर्मचारीको क्षमता विकासमा पु¥याएको योगदानको चर्चा गर्दै मुलुकको बद्लिँदो परिस्थितिअनुसार प्रतिष्ठान उत्कृष्ट व्यावसायिक र प्रतिस्पर्धी संस्था बन्नुपर्नेमा जोड दिए ।










प्रतिक्रिया दिनुहोस्