राजनीति

नेकपाले तोक्यो महानगर अध्यक्ष र सचिव (सूचीसहित)



काठमाडौँ, ५ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले महानगर अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ६ महानगरको अध्यक्ष र सचिव टुंगो लगाएको हो । जसअनुसार काठमाडौँ महागरपालिकाको अध्यक्षमा निर्मल देउवा र सचिव रविन्द्र श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै ललितपुरको अध्यक्षमा मञ्जरी कायश्थ र सचिव ज्ञानेन्द्र शाक्य तथा पोखराको अध्यक्षमा दिपक पौडेल र सचिव विश्वप्रकाश लामिछाने चयन भएका छन् ।

भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र, सचिव ईश्वर सापकोटा, वीरगञ्जको अध्यक्षमा रहबर अन्सारी र सचिव विश्वम्भर शर्मा तथा विराटनगर महानगरको अध्यक्षमा सागर थापा र सचिवमा हेम कार्की चयन हुनुभएको छ ।