समाचार

दुई जना विरामीलाई आर्थिक सहयोग हस्तान्तरण



भक्तपुर ५ असोज । नारीको साथी, साथीको माया १०१ महिला समुहबाट आज भक्तपुर अस्पतालको बिरामीलाई आर्थिक सहयोग गरेको छ। बर्ष ६९ कि हिरामाया विश्वकर्मालाई २५ हजार रुपैया र कृपा कोजुलाई १० हजार रुपैया सहयोग गरेको आयोजक रिता प्रजापतिले जानकारी गर्नु भयो ।

कार्यक्रममा भक्तपुर अस्पताल बिकास समितिका अध्यक्षले भक्तपुर अस्पतालले स्वच्छ शान्त वातावरणमा विरामिलाई सेवा सुविधा दिइरहेको बताउनु भयो ।

अस्पतालको भौतिक संरचना पुननिर्माण नयाँ भवन निर्माण र रिट्रोफितिङ गरि अस्पतालको व्यवस्थापन राम्रो गर्न आफू लगाएत सबै तह तप्का दिनरात लागिरहेको बताउनु भयो । कार्यक्रममा १०१ महिला समुहले भक्तपुर अस्पतालमा भर्ना भएका विरामीहरुलाई आगामी दिनमा पनि आर्थिक भौतिक अन्य सहयोग गर्न सकिने बताउनु भएको छ।