Banner News

सरकारले के ग¥यो हैन, के गरेन भने सोध्नुस् : मुख्यमन्त्री पौडेल



काभ्रेपलाञ्चोक, ६ असोज । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको सङ्घीयता कुनै पनि हालतमा ‘ब्याक’ नहुने बताउँदै कसैले संघियता फेल बनाउनछु भनेर सोचेको छ भने त्यो दिवा सपना मात्र हुने चेतावनी दिनुभएको छ ।

जिल्ला समन्वय समितिद्वारा स्थानीय तहको क्षमता अभिवृद्धिका सन्दर्भमा धुलिखेलमा शनिबारदेखि आयोजित दुईदिने जिल्लास्तरीय कार्यशाला गोष्ठीलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सङ्घीयतालाई बलियो बनाइ संस्थागत बनाउने जिम्मेवारी निर्वाचित जनप्रतिधिको रहेको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले लामो संघर्षपछि प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्ने आजको आवश्यकता रहेकामा जोड दिँदै उहाँले भन्नुभयो, “जसरी स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकारले केही गरेन भनेर गलत प्रचारप्रसार, ‘ब्याकबाइटिङ’ भएको छ, त्यसबाट जोगिन तपाई–हामी सतर्क रहनुपर्छ ।”

जनप्रतिनिधिले गल्ती नगरेको अवस्थामा कोही कसैसँग नडराउनुपर्ने बताउँदै उहाँले सरकारको विरोध गर्नेलाई सरकारले के ग¥यो नभई के गरेन भनेर प्रश्न गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामी तीनै तहका सरकारसँग समन्वय गरी काम गर्दैछौँ, अबका वर्षमा विकास निर्माणका काम मात्रै देख्नुहुनेछ, सरकारले के ग¥यो हैन, के गरेन भने सोध्नुस् ।”