काठमाडौँ, ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ ।
आइतबार बालुवटारमा भएको भेटमा उहाँहरूबीच पहिलेका प्रतिवद्धताको प्रगतिका बारेमा छलफल भएको अमेरिकी दूतावासले जनाएको छ ।
भेटका क्रममा राजदूत बेरीले अमेरिका र नेपाल दुबैतिरका जनताहरूको लागि हित हुनेगरी नेपाल-अमेरिका साझेदारीलाई नयाँ उचाइमा पुर्याउन गर्नुपर्ने कामहरूको बारेमा निरन्तर लागिरहने प्रतिवद्धता दोहोर्याएको दूतावासले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्