Banner News

दशैं, तिहार र छठमा शान्ति सुरक्षा सुदृढ बनाउँछौं : गृहमन्त्री थापा



काठमाडौँ, ६ असोज । गृहमन्त्री रामबहादुर थापा बादलले दशैं, तिहार र छठका बेला शान्ति सुरक्षा सुदृढ बनाउने बताएका छन् ।

आज प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री थापाले सर्वसाधारणको यात्रा सुरक्षित बनाउन, शान्ति सुव्यवस्था कायम गर्न, राजमार्ग र सहायक राजमार्गमा यात्रु सहायता कक्ष स्थापना गर्ने, टिकटमा कालोबजारी र कृत्रिम अभाव रोक्ने गृह मन्त्रालयले तयारी गरेको बताए ।

मन्त्री थापाले भारतबाट दशैंमा घर फर्किने नेपालीलाई सहयोग गर्न सीमा क्षेत्रमा सहायता कक्ष सञ्चालन गर्ने बताउदै उनले भौतिक पूर्वाधार मन्त्रालयसँगको समन्वयमा बिग्रे, भत्केका सडक सुधार गर्ने, सर्वसाधारणको भीड हुने धार्मिक स्थलमा विशेष सुरक्षा व्यवस्था गर्ने गृहमन्त्री थापाले बताएका छन् ।