Banner News

अध्यक्ष दाहालको प्रश्न : के हामी साँच्चै कम्युनिस्ट जस्तै छौँ त ?



काठमाडौँ, ६ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले समीक्षा गर्ने बेला आएको बताएका छन् ।

सोमबार धुम्बाराहीमा नेकपा केन्द्रीय कार्यालयले नेतृ सहाना प्रधानको पाँचौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहाल भने, ‘नाम त कम्युनिस्ट पार्टी नै छ । तर हामी साच्चै कम्युनिस्ट नै जस्ता छौं त अहिले  ? ’

अध्यक्ष दाहालले नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादतिरको यात्रामा जाँदै गर्दा विचार, राजनीति, रणनीति र संगठनात्मक जीवनको आचारणबारे आफुहरुमा प्रस्ट गनुपर्ने चुनौती रहेको समेत बताए ।

पार्टी एकता गरेपछि वा शासन सत्ता सञ्चालन गर्ने ठाउँमा पुगेपछि आदर्श र विचारबाट थाहै नपाइ स्खलित हुँदै जाने प्रक्रिया सुरु भएको भन्दै उनले भने, के हामी समाजवादीको यात्राका निम्ति एउटा योद्धा जस्तै छौं त रु या हामी विस्तारै कांग्रेस या हिजोका निरंकुशतावादीहरुको जस्तै पद प्रतिष्ठाका निम्ति ।’

कम्युनिस्ट भन्नासाथ लामो समयदेखि गरिब, उत्पीडित, न्याय, स्वतन्त्रता, समानताका निम्ति लडेको भनेर सम्झिएर जनताले भोट दिएको उनले बताए । प्रचण्डले भने, ‘तर यसो व्यवहार, आचरण हेर्दा उस्तै-उस्तै देखियो नि ।’ हामी कहाँ समाजवादी क्रान्ति स्थापना गर्न आवश्यक पर्ने विचारको स्पष्टता आयो त रु त्यो विचारअनुसार व्यवहार, आचरण र जीवनचर्यातिर अगाडि बढेका छौं कि हामी अर्को वर्ग जस्तो हुँदै गयौं रु यो आजको मुख्य प्रश्न हो ।’