राजनीति

मेलम्ची आयोजनाको ठेक्कामा आर्थिक चलखेल भएको छ : सभापति देउवा



काठमाडौँ, ६ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेलम्ची आयोजनाको ठेक्कामा आर्थिक चलखेल भएको बताएका छन ।

सोमबार काठमाडौँमा नैनसिंह महरद्वारा लिखित पुस्तक ‘नेकपा सरकारका काण्डैकाण्ड’ को विमोचन गर्दै विना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा दिएर सरकारले ठूलै आर्थिक चलखेल गरेको आरोप लगाएका छन् ।

सभापति देउवाले प्रजातन्त्रका मूलभूत मान्यतामाथि सरकारले आक्रमण गर्ने काम गरिरहेको उल्लेख गर्दे सैह्य नहुने बताए ।

महामन्त्री डा। शशांक कोइरालाले जनविरोधी काम समावेश गरिएको सो पुस्तकलाई सन्दर्भ सामग्री बनाएर अघि बढ्दा मात्रै पनि आफ्नो पार्टीले आगाम. निर्वाचनमा विजयी हुने दावी समेत गरे ।