राजनीति

राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकमा पुनः ठाकुर



जनकपुर, ६ असोज । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजकमा पुनः  महन्थ ठाकुर आएका छन् ।

गत साउन ४ र ५ गते प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा बसेको बैठकले राजकिशोर यादवलाई संयोजकको जिम्मेवारी दिइएको थियो ।

सोमबारदेखि लागू हुने गरी संयोजकको जिम्मेवारीमा महन्थ ठाकुर आएका हुन् । तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, तराई मधेस सद्वभावना पार्टी, मधेसी जनधिकार फोरम (गणतान्त्रिक)र राष्ट्रिय मधेस समाजवादी पार्टीको संयुक्त मोर्चाले पार्टीकरण भएपछि नवगठित राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकमा महन्थ ठाकुरलाई चयन गरेको थियो ।