Banner News

समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्नेतर्फ केन्द्रित हुन उपराष्ट्रपतिको आग्रह



काठमाडौँ, ७ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ केन्द्रित हुन अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालाई आग्रह गरेका छन ।

सामाजिक सेवा मूल समारोह समिति र समाज कल्याण परिषद्द्वारा चालिसौँ सामाजिक सेवा दिवसका अवसरमा आयोजित उपराष्ट्रपति समारोहलाई सम्बोधन गर्दै पुनले विगतमा देशको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान पु¥याए जस्तै गरी सामाजिक सङ्घसंस्था र अभियानकर्मीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ केन्द्रित हुनेमा विश्वास व्यक्त गरेका छन ।

प्रत्येक नेपालीको आर्थिक, सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणको महाअभियानमा हातेमालो गर्नु सामाजिक सङ्घसंस्थाको कर्तव्य रहेको बताउदै उनले भने, लोकतन्त्रमा मात्रै सामाजिक सङ्घसंस्था फस्टाउन सक्ने र सामाजिक काम पनि गर्न सम्भव हुन्छ, वर्तमान राजनीतिक परिवर्तन र उपलब्धिका लागि सामाजिक सङ्घसंस्थाले खेलिरहेको भूमिका सराहनीय छ, आर्थिक, राजनीतिक र सामाजिक रुपान्तरणका लागि निर्वाह गरेको भूमिकाका लागि सामाजिक सङ्घसंस्थालाई धन्यवाद दिँदै प्राप्त उपलब्धिप्रति गौरव गर्न आग्रह गर्दछु ।’