राजनीति

विप्लव समुहका जिल्ला इन्चार्ज सहित दुईजना पक्राउ



इटहरी, ७ असोज । प्रहरीले विप्लव समुहको सुनसरी इन्चार्ज सहित दुईजनालाई पक्राउ गरेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको रिजनल इन्भेष्टिगेशन टिम (रिट) र इटहरी प्रहरीको संयुक्त टोलीले इटहरी १७ बालग्रामबाट विप्लव समुहका सुनसरी इन्चार्ज बिश्वास भनिने लक्ष्मण पौडेल र जिल्ला सेक्रेटरी सन्देश भनिने सन्तोष बिष्ट पक्राउ परेका हुन् ।

उनिहरुको साथबाट प्रहरीले महत्वपूर्ण कागजात र लेटरप्याड बरामद गरेको प्रहरीले जनाएको छ । उनिहरुलाई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय इटहरी ल्याइएको छ ।