समाचार

कार र ट्रक ठोक्किदाँ ५ जनाको मृत्यु



नवलपरासी, ७ असोज । पूर्वी नवलपरासीको महेन्द्र राजमार्ग अन्तर्गत जिल्लाको कावासोती–८ को खरकट्टा जंगलमा ट्रक र कार एकआपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ ।

गएराति लु १ ख ८५३२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कार ठोक्किँदा कारमा सवार सबैको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।