काठमाडौँ, ८ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि खवरदारी गर्न सञ्चारमाध्यामहरुलाई आग्रह गर्नुभएको छ ।
मंगलबार काठमाडौँमा आयोजित ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले नागरिक अधिकारको रक्षा गर्ने दायित्व पनि सञ्चारमाध्यामहरुले पूरा गर्न सक्ने पनि स्मरण गर्नुभयो ।
उहाँले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको उपभोग गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण तथा ‘समृद्धि नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गर्न महत्वपूर्ण योगदान पु¥याउन पनि सञ्चार क्षेत्रले उल्लेखनीय योगदान पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल टेलिभिजनका पत्रकार नेत्र पौडेललाई २५ हजार पाँच सय नगदसहितको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारितन पुरस्कार–२०७६’ बाट सम्मान गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्