काठमाडौँ, ८ असोज । काठमाडौँ नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना तथा ओपन सोसाइटी फाउण्डेशनको सहयोगमा राष्ट्रिय राष्ट्रिय न्यायिक प्रतिष्ठानले प्रदान गरिने तालिमहरुमा अपाङ्गता भएका व्यक्तिहरुको न्याय सम्बन्धीका सवाल समावेश गर्नु पर्ने भनि तयार गरिएको पाठ्य सामाग्री हस्तान्तरण कार्यक्रम काठमाडौँमा सम्पन्न भयो ।
सो कार्यक्रममा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रकी अध्यक्ष तारावदन सेँडाईले उक्त पाठ्यसामाग्री बुझिलिनको लेखिएको पत्र पढेर सुनाउदै सो पत्रका साथै राष्ट्रिय न्यायिक प्रतिष्ठानका लागि तयार पारिएको अपाङ्गता मैत्री तालिम पाठ्य सामाग्री राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक तोपबहादुर मगरलाई हस्तान्तरण गर्नु भएको थियो । उहाँले यस पाठ्सामाग्रीमा समावेश गरिएका अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई आफ्ना तालिमहरुमा समावेश गरिदिनु हुनका लागि अनुरोध गर्नु भएको थियो ।
आयोजक संस्था नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदिश प्रसाद अधिकारीले नेपाल अपाङ्ग मानव अधिकार केन्द्रले अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क कानूनी सेवा उपलब्ध गराउदै आएको बताउँदै राष्ट्रिय न्यायिक प्रतिष्ठानले कानूनविद तथा न्यायधिशहरुलाई तालिम दिने क्रममा अपाङ्गताको प्रकृति अनुसारको वातावरण सृजना गरी उनीहरुका सवालहरुलाई आफ्ना तालिमहरुम समावेश गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

राष्ट्रिय न्यायिक प्रतिष्ठानका तत्कालिन कायम मुकायम कार्यकारी निर्देशक विनोद शर्माको संयोजकत्व, डि.एस.पी. प्रकाश मल्लको सह-संयोजकत्व तथा कानूनविदहरु, अपाङ्गता अधिकारकर्मीहरु गठित कार्यदलद्धारा निर्माण गरिएको तालिम सामाग्रीलाई हस्तान्तरण गर्ने क्रममा उक्त कार्यदलका सदस्य तथा बौद्धिक अपाङ्गता र अभिभावकहरुको राष्ट्रिय संघका अध्यक्ष तथा बौद्धिक अपाङ्गताका अभिभावक मुकुन्दहरी दाहालले नेपाल अपाङ्ग मानव अधिकार केन्द्रले तयार गरेको अपाङ्गता मैत्री तालिम पाठ्यसामाग्रीले अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु समावेश गर्न सहयोग गर्ने बताउनु भयो भने सोही कार्यदलका अर्का सदस्य तथा नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष निर्मला धितालले अपाङ्गताको प्रकृति अनुसारको वातावरणमा अपाङ्गता भएका व्यक्तिहरुलाई न्याय प्रदान गर्ने कार्यलाई अगाडि बढाउनु पर्ने बताउनु भयो ।
राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यक्रम व्यवस्थापक राजन के।सी।ले राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यक्रमहरुमा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु समावेश गर्ने बताउनु भयो । त्यसै गरी उक्त प्रतिष्ठानका नायब कार्यकारी निर्देशक केदार पौडेलले आगामी दिनमा अपाङ्गता मैत्री तालिम पाठ्यसामाग्रीले अपाङ्गताको विषयमा न्याधिशहरुलाई सचेत गराउन सहयोग गर्ने बताउनु भयो । त्यसै गरी राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक तोपबहादुर मगरले राष्ट्रिय न्यायिक प्रतिष्ठानहरुले प्रदन गर्ने तालिममा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई समावेश गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।










प्रतिक्रिया दिनुहोस्