सम्पादकीय

अकासिँदै मूल्यवृद्धि



दैनिक उपभोगका वस्तुको बजार भाउ ह्वात्तै बढेको छ ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार साउनमा दैनिक उपभोक्ताले प्रयोग गर्ने वस्तुको मूल्य वृद्धिदर करिब ७ प्रतिशत छ । यो दर पछिल्ला तीन वर्ष यताकै उच्च हो । ०७१/७२ भदौमा यस्तो वृद्धिदर करिब ८ प्रतिशत थियो । गत वर्ष साउनमा मूल्य वृद्धिदर करिब ४ प्रतिशत थियो ।

उपभोक्ताले वस्तु तथा सेवाको मूल्य दिनहुँजसो उच्च दरले बढिरहेको अनुभव गरे पनि सरकारी तथ्यांकमा देखिएको थिएन । सरकारी तथ्यांकमा मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम नै देखाइने गरिएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।