विश्व

अस्पतालमा आगलागी हुँदा आठ नवजात शिशुको मृत्यु



एजेन्सी, ८ असोज । अल्जेरियाको एक अस्पतालमा आगलागी हुदा आठ नवजात शिशुको मृत्यु भएको छ ।

मङ्गलबार बिहान अल्जियर्सबाट करिब ५ सय किलोमिटर टाढा रहेको ओयुड सोउफमा रहेको यस अस्पतालमा आगलागी हुदा आठ शिशुको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालबाट ११ नवजात शिशु, १ सय ७ महिला र २८ जना कर्मचारीको उद्धार गरिएको आकस्मिक सेवाका प्रवक्ता नसिम बेनाओवीले एएफपी समाचार समितिलाई बताए ।