एजेन्सी, ९ असोज । अमेरिकामा विपक्षी दल डेमोक्र्याटिक पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रक्रियालाई औचापरिक रुपमा अघि बढाएको छ ।
डेमोक्र्याटिक पार्टीकी नेतृ नेन्सी पेलोसीले राष्ट्रपतिलाई जवाफदेही बनाउनै पर्ने बताएकी छिन् ।तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुख समेत रहेकी उनले महाअभियोग प्रक्रिया शुरु भएको बताइन् । डेमोक्र्याटिक पार्टीभित्र ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा ठूलो समर्थन रहेको छ । तर रिपब्लिकन पार्टी बहुमतमा रहेको माथिल्लो सदन सिनेटबाट भने यो प्रस्ताव पारित हुने सम्भावना कमै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्