राजनीति

अमेरिकी राजदूत र सभापति देउवाबीच भेटवार्ता



काठमाडौँ, ९ असोज । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

बिहीबार सभापति देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा समसामयिक राजनीति र द्विपक्षीय आपसीहितका विषयमा छलफल भएको सभापति देउवाका सहयोगी भानु देउवाले जनाएका छन ।

द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकाँैदेखिको विकास साझेदारी अझ प्रभावकारीरुपमा अघि बढाउनेलगायत विषयमा छलफल भएको जनाइएको छ ।