काठमाडौँ, १० असोज । निर्धारित समयसीमाभन्दा दुई वर्षपछि देशलाई खुला दिसामुक्त घोषणा गरिन लागेको छ ।
शतप्रतिशत घरधुरीमा शौचालय बनाइएकाले यही असोज १३ गते नेपाललाई खुला दिसामुक्त मुलुक घोषणा गरिने भएको हो ।
नेपाल सरकारको सरसफाइ गुरुयोजना, २०६८ ले नेपाललाई सन् २०१७ मा खुला दिसामुक्त घोषणा गर्ने राष्ट्रिय लक्ष्य तय गरेको थियो । त्यसबीचमा भूकम्प, चुनाव लगायतका कारण शौचालय बनाउने काममा बाधा आइपर्यो । सन् २०१९ मा लक्ष्य पूरा गर्ने मिति सारिएको थियो ।
असोज १३ गते खुला दिसामुक्त मुलुक घोषणासँगै नेपालको पूर्ण सरसफाइसम्बन्धी पहिलो र महत्त्वपूर्ण राष्ट्रिय लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिबद्धतासमेत पूरा हुँदैछ । गएको साता मात्र ७७औं जिल्लाका रुपमा भोजपुरलाई खुला दिसामुक्त घोषणा गरियो । योसँगै नेपाल खुला दिसामुक्त मुलुक भएको छ, जसको घोषणा असोज १३ गते हुँदैछ । यो समाचार आजको गोरखापत्रले पहिलो पृष्ठमा छापेको छ ।










प्रतिक्रिया दिनुहोस्