काठमाडौँ, ११ असोज । आन्तरिक उडानका सबै वायुसेवा कम्पनीले विपन्न वर्गका जेष्ठ नागरिकलाई मात्र भाडामा ५० प्रतिशत छूट दिने भएको छ ।
छूट हवाई भाडाको सबैभन्दा माथिल्लो दरबाट मात्र लागु हुने र ठूला विमानस्थलमा प्रतिदिन प्रतिसेक्टरमा २ जना विपन्न जेष्ठ नागरिकलाई मात्र यो सुविधा उपलब्ध गराउने वायुसेवा संचालक संघले जनाएको छ ।
साना विमानस्थलमा भने प्रतिदिन प्रतिसेक्टर १ जनाका लागि मात्र यस्तो सुविधा उपलब्ध हुने भएको छ ।
आयोनको निर्णय
१. ७० वर्ष माथिका विपन्न जेष्ठ नागरिकले हवाई भाडामा ५० प्रतिशत छूट पाउन सम्बन्धित वायुसेवा कम्पनीको कार्यालयमा उपस्थित भई स्वयंले आफू विपन्न भएको स्वघोषण गर्नुपर्ने छ ।
२. उक्त छुट सुविधा अपर लिमिटको भाडादरमा मात्र लागू हुनेछ ।
३. ट्रंक रुटमा हवाई सेवा सञ्चालन गर्ने वायुसेवा कम्पनीहरुले प्रतिदिन प्रतिसेक्टरमा २ जना विपन्न जेष्ठ नागरिकलाई मात्र यो सुविधा उपलब्ध गराउने छन् ।
४. स्टल रुटमा हवाई सेवा सञ्चालन गर्ने वायुसेवा कम्पनीहरुले प्रतिदिन प्रति सेक्टरमा १ जना विपन्न जेष्ठ नागरिकलाई मात्र यो सुविधा उपलब्ध गराउने छन् ।
५. यो छुट असोज १२ घटस्थापनाको दिनबाट लागु हुनेछ ।










प्रतिक्रिया दिनुहोस्