जनकपुरधाम, ११ असोज । जनकपुरधामबाट १८ किलो चाँदीसहित एक जनालाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ ।
शुक्रबार जनकपुरधाम उप–महानगरपालिका २२ स्थित बासबिट्टीमा चेकजाँचका क्रममा महोत्तरीको पिपरा गाउँपालिका ५ सहरबा निवासी भरतकुमार साहलाई १८ किलो चाँदीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ज।७प ५७७१ नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका ३० बर्षीय साहको साथबाट उक्त चाँदी बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ परेका साहमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्