सम्पादकीय

तरकारी अचाक्ली महँगो, २० दिनमै बढ्यो २८९ प्रतिशत



काठमाडौँ, ११ असोज । चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २८९ प्रतिशतसम्म वृद्धि भएको छ ।व्यवसायीले वर्षा र भारतमा मूल्य वृद्धि भएका कारण देखाउँदै तरकारीको मूल्य अस्वाभाविक रुपमा बढाएका हुन् ।

समितिका सूचना अधिकारी विनय श्रेष्ठले वर्षाका कारण हरियो सागमा क्षति पुगेर महँगो भएको बताए । तर मूल्यवृद्धि हरियो सागमा मात्र नभएर अधिकांश तरकारीमा भएको छ । भदौ २० गते ४५ रुपैयाँमा बिक्री भएको भेडे खुर्सानीको मूल्य असोज १० मा २८९ प्रतिशतले बढेर होलसेलमै १७५ रुपैँया प्रतिकेजी पुगेको छ । यो समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।