काठमाडौँ, ११ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले ठूलो फड्को मार्ने बेला आएको बताएको बताउदै उनले एक वर्ष कुखरासँग लुटपुटिएको तर अब चिलझैं उडान भर्ने बताएका छन ।
आज नेकपा सम्पर्क समन्वय कमिटीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘अब हाम्रो उडान सुरु भएको छ । खोस्रिनेसम्म खोस्रिसक्यौं । कुखुरासँगै झण्डै एक वर्ष लुटपुटियौं । अब चिलले जस्तो उडान भर्ने समय आएको छ । हेर्नुहोला, एक वर्षमा यो पार्टी सम्पूर्ण नेपाली जनताको एक मात्र पार्टी बनाएर मात्र विश्राम लिइन्छ ।’
अध्यक्ष दाहाललेप्रतिक्रियावादीले दयाले नभई नेतृत्वले असाधारण पहलकदमी र आफ्नै पौरखले यो ठाउँमा आइपुगेको बताउदै उनले भने, ‘लेनिनले रोजाको सन्दर्भमा भनेको कुरा मलाई याद आउँछ । चिल पनि कहिलेकाहीँ कुखुराजस्तो गरेर जमिनमा आएर खोस्रिन्छ । तर कुखुरा कहिल्यै चिल जस्तो आकाशमा उडान भर्न सक्दैन । कम्युनिस्टहरु चिल हुन्, उड्न थालेपछि त्यो आकासको त्यो उचाईमा पुग्छ, जहाँ अरु पुग्न सक्दैननन् ।’
केही मान्छेले होहल्ला गर्दैमा नेकपा चुप लागेर नबस्ने बताउदै अध्यक्ष दाहालले भने, ‘कार्लमार्क्सले भने जस्तै हामी पनि स्यालहरु गराउँदै गर्छ, हात्ती लम्कदै गर्छ गरेर हामी आफ्नो गन्तव्यसम्म पुगिछाड्नेछौं ।’










प्रतिक्रिया दिनुहोस्