राजनीति

सभामुख महरा र सिचुवान प्रान्तका सेक्रेटरीबीच भेटवार्ता



चीन, ११ असोज । सभामुख कृष्णबहादुर महराले चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी पेङ दिङ्ह्वासँग भेटवार्ता गर्नुभएको छ ।

कजाखस्तानको नुरसुल्तानमा सम्पन्न युरेसियन मुलुकका सभामुखहरुको बैठकबाट फर्किने क्रममा सभामुख महरासहितको नेपाली प्रतिनिधि मण्डलले सिचुवान प्रान्तका पार्टी सेक्रेटरी पेङसँग भेटवार्ता गरेको हो ।

भेटमा सभामुख महराले भौगोलिक रुपमा नेपालसँग नजिक रहेको सिचुवान प्रान्त र नेपालको सम्बन्ध राजनीतिक तथा सांस्कृतिक हिसाबले विशिष्ट किसिमको रहेको बताए ।

उनले जनवादी गणतन्त्र चीनको ७० औँ वार्षिकोत्सव तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु हुँदै दुई देशबीचको सम्बन्ध झनै मजबुत र बलियो बन्नेमा विश्वास व्यक्त गरेका छन ।

सो अवसरमा सिपिसीका सिचुवान प्रान्त सेक्रेटरी पेङले चीन–नेपालबीचको सम्बन्ध सयौँ वर्ष पुरानो रहेको बताउँदै दुई देशका सरकार–सरकार, पार्टी–पार्टी र जनता–जनताबीच विशिष्ट सम्बन्ध रहेकोमा खुशी व्यक्त  गरे ।

चीनका राष्ट्रपति सिको हुन लागेको नेपाल भ्रमणले दुई देशको सम्बन्ध र आत्मीयता झन उचाइमा जाने विश्वास गर्दै पेङले चीनको तिब्बतबाट शुरु हुने परियोजनाले नेपाल र चीनबीचको यातायात थप सहज हुने बताए ।