काठमाडौँ, १२ असोज । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले चुनावी घोषणालाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेकाले निराश नहुन आग्रह गरेका छन ।
हालसम्म भएका विकासका गतिविधिको सार्वजनिकीकरण तथा दशैँ, तिहार र छठ पर्वका शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले चुनावमा जनतामाझ पुगेर गरेका घोषणा आफूहरुले नभुलेको बताए ।
मन्त्री पोखरेलले जनताका काम गर्न जनप्रतिनिधिले कुनै बहानाबाजी गर्न नहुने बताउदै भने, ‘जनप्रतिनिधि जनताले बनाएका हुन्, ‘म यसप्रति गम्भीर छु । तपाईंहरुका कुनै समस्या भए वडामार्फत ती समस्या सिधै मसँग बाँड्न सक्नुहुन्छ, म समाधान गर्न पहलकदमी लिन्छु ।’










प्रतिक्रिया दिनुहोस्