काठमाडौँ, १२ असोज । नेपाल र भारतबीचको व्यापार सन्धि पुनरवलोकन गर्न दुई देशबीच सहमति भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा ९ सदस्सीय वार्ता टोली नेपाल–भारत व्यापार सन्धि २००९ को पुनरवलोकनसम्बन्धी तेस्रो बैठकका लागि भारत गएको थियो ।
तेश्रो चरणको छलफलपछि भारत व्यापार सन्धि पुनरवलोकन गर्नका लागि सहमत भएपछि शुक्रबार दुई देशबीच यस्तो सम्झौता भएको हो । नेपाली वस्तुको भारतीय बजारमा सहज पहुँच, विभिन्न भन्सार नाकामा पूर्वाधार निर्माण, सुधार र विस्तार तथा भारतीय बजारमा नेपाली वस्तुलाई हुँदै आएको गैरभन्सार अवरोधको विषयलाई लिएर नेपालले सन्धि पुनरवलोकनका लागि पहल गर्दै आएको छ।










प्रतिक्रिया दिनुहोस्