समाचार

ग्रान्डीले लापरबाही गरेको प्रमाणित, न्यौपाने दम्पतीले तीन महिनापछि पाए न्याय



काठमाडौँ, १४ असोज । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले सञ्जीवचन्द्र न्यौपाने र एकता घिमिरेको नवजात शिशु (छोरा) को उपचारमा चरम लापरबाही गरी कल्पनै गर्न नसकिने पीडा दिएको कुरा तीन महिनापछि प्रमाणित भएको छ ।

सो सम्बन्धमा अनुसन्धान गर्न नेपाल मेडिकल काउन्सिलको ०७६ असार ७ गतेको पूर्ण बैठकद्वारा प्रा.डा गणेश राईको नेतृत्वमा गठित विज्ञ टोलीले हालै बुझाएको प्रतिवेदनमा उक्त शिशुको उपचारमा चिकित्सकको टिमबाट धेरै कमी–कमजोरी भएको देखाएको छ ।

उक्त प्रतिवेदनमा उपचारका क्रममा शिशुलाई एकैपटक अत्यधिक मात्रामा पारासिटामोल दिइएको, मस्तिष्कको भर्टिकल र सीवाईएसटीको आकार–प्रकारबारे रेडियोलोजिस्ट र उपचाररत न्युरो सर्जन चिकित्सकका बीच बुझाइको अत्यन्तै अभाव देखिएको र बिरामी पक्षलाई पर्याप्त र यथार्थ जानकारी नदिइएको उल्लेख छ । यो समाचार नोपाल समाचारपत्रले लेखेको छ ।