काठमाडौँ, १४ असोज । सरकारले उपप्रधानमन्त्री, मन्त्री र सांसदलाई मात्र होइन, उनीहरुको सल्लाहकार र स्वकीयलाईसमेत दशैं खर्च दिने निर्णय गरेको छ ।
कानुनअनुसार उनीहरुलाई दशैंभत्ता दिने अधिकार नभएपछि सरकारले मन्त्रिपरिषद बैठकबाटै मन्त्री, सांसद र तिनका सल्लाहकार र स्वकीयलाईसमेत दशैं भत्ता दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को भदौ ३१ गतेको बैठकबाट दशैंभत्ता दिने निर्णय भएपछि यसबाट राज्यकोषमा ३ करोड ७० लाख ७६ हजार १ सय ६० रुपैयाँ व्ययभार थपिएको छ ।
सरकारमा दुई उपप्रधानमन्त्री, १९ मन्त्री र ३ राज्यमन्त्री छन् । संघीय संसद्अन्तर्गत सभामुख र राष्ट्रियसभा अध्यक्ष गरी ३ सय ८ जना सांसद् छन् । उनीहरु सबैको प्रेस सल्लाहकार र स्वकीय सचिवले पनि भत्ता पाउनेछन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्